अब सेयर किन्न-बेच्न समयको बन्देज हट्यो, जुनसुकै बेला अर्डर गर्न पाइने
काठमाण्डौ । पुँजीबजारलाई थप सक्रिय र लगानीकर्तामैत्री बनाउन नयाँ नीतिगत कदम अघि सारिएको छ। अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजार बन्द भइसकेपछि पनि सेयर किनबेचका लागि अर्डर राख्न सकिने व्यवस्था लागू हुने भएको छ।यो व्यवस्था लागू भएसँगै लगानीकर्ताले तोकिएको कारोबार समय कुर्नुपर्ने बाध्यता हट्नेछ। अब उनीहरूले आफ्नो अनुकूल समयमा नै खरिद वा बिक्री अर्डर प्रणालीमा प्रविष्ट...

