स्वाभिमान लघुवित्तको नाफा र खुद ब्याज आम्दानी सामान्य बढ्यो, लाभांश क्षमता कति ?
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा सामान्य बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.६५ प्रतिशतले बढी हो ।यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.९६ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले २३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।...

