कुथेली बुखरी स्मल हाइड्रोपावरको आम्दानीसँगै नाफा बढ्यो, खर्च घट्यो
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफा २३.०५ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ९ लाख बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३६ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ११ लाख रुपैयाँबराबरको कुल आम्दानी...

