१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज बढेका छन् । जीवन बीमा समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.०२...

