सेयरबजारमा सामान्य अंकको करेक्सन, जानकार भन्छन्, ‘नाफा बुक मुख्य कारण’
काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)आज घटेको हो । मंगलबारको कारोबार नेप्से ०.३३ प्रतिशत अर्थात ९.२४ अंकले घटेर २ हजार ७७७.१० विन्दुमा सीमित बनेको छ । आज ३४२ वटा स्क्रिप्टको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाखमा किनबेच भयो । यस्तै आज बलिया तथा राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स...

