हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १७ औं र १८ औं वार्षिक साधारण सभा डाकेको हो ।बैठकले आगामी असार ४ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

