सेयरबजार ४.७९ अंकले बढ्यो, ‘दीर्घकालिन लगानीकर्ता सक्रिय नहुँदा बलिया कम्पनी ओझेलमा’
काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४६७.३६ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको १ करोड ६७ हजार ७३२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड...

