‘सिद्धार्थ इक्विटी फण्ड–२’ नेप्सेमा सूचीकृत
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडको नयाँ म्युचुअल फण्ड नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ‘सिद्धार्थ इक्विटी फण्ड–२’ नामक फण्ड ‘एसईएफ टु’ सिम्बोलबाट सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडको नयाँ म्युचुअल फण्ड नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ‘सिद्धार्थ इक्विटी फण्ड–२’ नामक फण्ड ‘एसईएफ टु’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ५ प्रतिशत दरको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सुमित अधिकारीको सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। संस्थाको सञ्चालक समितिको साउन १८ गते सोमबार अपराह्न ४ बजे बसेको २६६ औं बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । अप्पर स्याँङ्गे हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव नवौं वार्षिक साधारण सभाबाट स्वीकृत भएको थियो।
काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले पाँच वर्षदेखि नबुझि लिन बाँकी लाभांश रकम सम्बन्धित सेयरधनी वा निजका हकवालाले यथाशीघ्र दाबी गर्न आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।बैंकले कम्पनी ऐन, २०६३ तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ बमोजिम लाभांश वितरण गर्ने निर्णय भएको मितिले पाँच वर्षसम्म पनि दाबी नगरिएको लाभांश...
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरधनीबाट बिक्रीमा राखिएको संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ।बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार २७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। यसअघि संस्थापक सेयरधनीहरूलाई सूचना प्रकाशित गरी तोकिएको ३५ दिने अवधिमा आवेदन आह्वान गरिए पनि...
काठमाण्डौ । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या सोमबारसम्म करिब ११ लाख नजिक पुगेको छ।आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६२२ पुगेको हो।यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी अपलोड गरिएको बिल संख्यासमेत समावेश छ।उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त...
काठमाण्डौ । सोमबार सेयरबजारमा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ ब्रोकरबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
काठमाण्डौ । पछिल्लो समय सेयरबजार सुधारका लागि सबै पक्ष सकारात्मक हुँदाका वाबजुत पनि बजारले लय लिन सकिरहेको छैन । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता, ब्याजदर घट्नु, अर्थतन्त्र सुधारिदै जानु र नीतिगत स्थिरता र सुधार देखिनु बजारको लागि सकारात्मक पक्ष भएपनि लगानीकर्ताको ‘कन्फिडेन्ट’ अझै बढ्न नसकेको बजारको अवस्थाले देखाएको छ ।नेपाल धितोपत्र बोर्डले पूँजीबजार सुधारको लागि...
काठमाण्डौ । पाँचथर जिल्लामा सञ्चालित ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजना बाढी तथा पहिरोका कारण प्रभावित भई उत्पादन बन्द भएको छ।रिडी पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित उक्त आयोजनाको हेडरेस पाइपलाइन क्षेत्रमा गत जेठदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले नदी कटान हुँदा पाइपलाइनका आधार संरचना (एंकर ब्लक तथा पाइप सपोर्ट) लगायत अन्य सिभिल संरचनामा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ प्रतिशत अर्थात १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले बढेर ४७०.६३ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३४९ वटा स्क्रिप्टको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच...
काठमाण्डौ । सोमबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.०९ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेको छ । बीमा...
काठमाण्डौ । साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिन नवौँ वार्षिक साधारण सभा डाकेको छ ।साउन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो...
काठमाण्डौ । हिमालयन लघुवित्तको खुद ब्याज आम्दानीमा सुधार आएसँगै नाफामा बढोत्तरी आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४४ करोड २१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.२२ प्रतिशतले बढी हो ।यस्तै अघिल्लो आवमा ७ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको खुद नाफा बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसरी संस्थाको नाफा ४९.१८...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २०.६७ प्रतिशतले घटेको छ ।अघिल्लो आवको उक्त अवधिसम्म कम्पनीले ३३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ८.५९ प्रतिशतले बढ्दै ६४ करोड ५४ लाख...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाले अधिकांश प्रमुख वित्तीय सूचकहरूमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सुधार हासिल गरेको देखिएको छ।संस्थाले यस अवधिसम्म १९ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा...
काठमाण्डौ । मार्जिन कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट ४९ ब्रोकर कम्पनीले अनुमति पाएका छन् । सेयर लगानीकर्ताले आफ्नै पूँजी मात्र नभई ब्रोकर कम्पनीबाट प्राप्त ऋण (मार्जिन) समेत प्रयोग गरेर लगानी गर्न सक्ने व्यवस्था छ । नेप्सेका अनुसार हाल ४९ कम्पनीले मार्जिन कारोबारका लागि अनुमति पाएपनि सबैले यो सुविधा भने सुरु गरिसकेका छैनन् । न्यूनतम चुक्तापूँजी,...
काठमाण्डौ । साहस उर्जा लिमिटेडको समग्र वित्तीय अवस्था बलियो बनेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म विद्युत बिक्री आम्दानी र खुद नाफा बढ्नुका साथै खर्च घटेको छ । यस्तै कम्पनीले बीमा आम्दानी समेत गरेका कारण नाफा वृद्धिमा सहयोग पुगेको छ ।कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्ज गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.८४...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशत बढी हो । आव २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै खुद ब्याज आम्दानीमा वृद्धि भएको छ, जसकारण संस्थाको नाफा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.