ग्रामीण विकास लघुवित्तलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेको निर्देशन, यस्तो छ कारण
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सूचना ढिलाइ सम्बन्धमा स्पष्टिकरण माग गरेको छ। संस्थाको सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले आव २०८१/८२ को वार्षिक साधारण सभा, सेयर दाखिल–खारेज तथा लाभांश सम्बन्धी निर्णय लिएको थियो। तर सो निर्णयसँग सम्बन्धित संवेदनशील सूचना नेप्सेको नट्स प्रणालीमा जेठ ७ गते मात्र अपलोड गरिएको...

