केन्द्रीय सदस्य निर्वाचनको मतदान सकियो, अब पदाधिकारीको मतदान हुने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भएको केन्द्रीय सदस्य पदको मतदान प्रक्रिया सम्पन्न भएको छ। पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचनको पहिलो चरण औपचारिक रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

