खानेपानी मन्त्री यादवले पनि दिए राजीनामा
काठमाण्डौ । खानेपानी मन्त्री प्रदीप यादवले सोमबारको जेनजी प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि पदबाट राजीनामा दिएका छन्। आन्दोलनमाथि भएको दमन र व्यापक जनधनको क्षतिपछि सरकारले गरेको भूमिकाप्रति असहमति जनाउँदै उनले पदत्याग गर्ने घोषणा गरेका हुन्।

