एक वर्षको अवधिमा लिए ६ लाखभन्दा धेरैले प्यान नम्बर
काठमाण्डौ। एक वर्षको अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर लिने करदाताको संख्या बढेको छ। अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान नम्बर लिएका छन्। जसमा कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ।