अब हिमालको पानी ‘ग्लोबल ब्रान्ड’ बनाउने सरकारको योजना, ‘हिमालयन ओरिजिनः सर्टिफाइड वाटर’ नामबाट विदेशमा बेचिने
काठमाण्डौ । सरकारले नेपालको हिमाली स्रोतबाट निस्किने शुद्ध पानीलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरेर निर्यात गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘हिमालयन ओरिजिनः सर्टिफाइड वाटर’ नामबाट नेपाली पानीलाई विश्व बजारमा स्थापित गर्ने घोषणा गरिएको हो।

