प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्बभन्दा बढी जम्मा, १५ पालिकालाई ६.७५ करोड निकासा
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री दैवी उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले परिचालन गरेको स्रोत र बजेटको विवरण सार्वजनिक गरेका हुन्।उनका अनुसार सरकारले विपद्...

