सेनाको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न दुर्गा प्रसाईंको माग, संविधान पनि खारेज हुनुपर्ने
काठमाण्डौ । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले फेरि पनि राजनीतिक बहसलाई तातेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली सेनाको नेतृत्वमा अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग गर्दै हालको संविधान नै खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

