रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समितिमा समेटिने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने व्यवस्था लागू गर्ने भएको छ। भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले पार्टीका संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा समेट्ने अधिकार सभापतिलाई दिने निर्णय गरेको हो ।

