धानचामल आयात घट्यो, एक महिनामै पौने २ अर्ब बाहिरियो
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालले धान तथा चामल आयातमा करिब पौने २ अर्ब रुपैयाँ विदेश पठाएको छ। भन्सार विभागका अनुसार साउनमा १ अर्ब ७८ करोड ८ लाख २९ हजार रुपैयाँबराबरको २४ हजार ९ सय ३९ टन धान तथा चामल नेपाल भित्रिएको हो।यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक धानचामल आयातको परिमाण र आयातमा खर्च भएको रकम दुवै घटेको छ। आर्थिक वर्ष २०८२/८३ को साउनमा...

