वर्षाका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, केहीमा राति सवारी सञ्चालनमा रोक
काठमाण्डौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक भासिने समस्या देखिएपछि प्रमुख सडकखण्डको आवागमन प्रभावित भएको छ। केही सडकमा पूर्ण रूपमा यातायात अवरुद्ध भएको छ भने जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

