पर्सा अदालतको आदेशपछि रवि लामिछानेविरुद्धको संगठित अपराध हट्यो, मुद्दा आर्थिक दायरामा सीमित
काठमाण्डौ । सहकारी ठगीसम्बन्धी प्रकरणसँग जोडिएको मुद्दा जिल्ला अदालत पर्साको पछिल्लो आदेशपछि कानूनी रूपमा थप संकुचित भएको छ। अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध सम्बन्धी अभियोग हटाउने निर्णय गरेको हो।

