आजबाट क्यानडा, मेक्सिको र चीनमाथि ट्यारिफ लगाउदै अमेरिका, चीनद्वारा तत्काल निर्णय फिर्ता लिन माग
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अर्थात आजदेखि क्यानडा, मेक्सिको र चीनका उत्पादनमा कर लागु गरिने बताएका छन् ।मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अमेरिकामा २५ प्रतिशत भन्सार (आयात शुल्क) लाग्नेछ। यस्तै चीनमाथि थप १० प्रतिशत ट्यारिफ लगाइनेछ । ट्रम्पले यी देशहरूसँग सम्झौता गर्ने समय सकिएको कारण कर लगाइएको बताएका छन् ।