नेप्सेले प्रत्येकबाट २ जना आईटी अफिसरको नाम मागे पछि ब्रोकरमा खैलाबैला !
काठमाण्डौ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेचेञ्जमा नयाँ नेतृत्व आए पछि ब्रोकरहरु प्रति नियामक केही कठोर बन्दै गएका छन् । नेप्सेले वैशाख १५ गते सबै ब्रोकरहरुलाई एक पत्र लेख्दै आफ्ना २ वटा आईटी अफिसरको नाम पठाउन ७ दिनको समय सीमा दिएको छ । यो पत्रसँगै ब्रोकरहाउसहरुमा खैलाबैला नै मच्चिएको छ । यसै बीच बुधबार स्टक ब्रोकर एसोसियसन अफ नेपालको बैठक सुन्धारास्थित कार्यालयमा...