बिहीबार, आश्विन २९,२०८३ 04:44:27
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 04:44:27
Bizshala
Global IME Bank Limited

ब्रोकर मर्जर निर्देशिका तयार हुँदै ,पुराना ३८ वटालाई पूँजी पुर्‍याउन हम्मे–हम्मे !

Bizshala
ब्रोकर मर्जर निर्देशिका तयार हुँदै ,पुराना ३८ वटालाई पूँजी पुर्‍याउन हम्मे–हम्मे !
New Office

काठमाण्डौ । धितोपत्र बोर्डले तोकेको चूक्तापूँजी पुर्याउन ३८ वटा ब्रोकरहरुलाई हम्मेहम्मे पर्ने भएको छ । हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त पुराना ३८ वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।  

नयाँ ब्रोकरहरुले भने २० करोडका चूक्तापूँजी पुर्याएर नै धितोपत्र बजारमा आएका छन् । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले दिएको जानकारीअनुसार हाल पुराना ३८ वटा ब्रोकरहरुलाई कार्ययोजना पेश गर्न बोर्डले पत्राचार गरेको छ । जसमा हालसम्म केहीले पठाई सेकेको र केहीले पठाउन बाँकी रहेको प्रवक्ता घिमिरेले जानकारी दिए । यस्तो योजना ब्रोकरहरुले पुस मसान्तसम्म धितोपत्र बोर्डलाई बुझाईसक्नु पर्नेछ भने पूँजी यस आर्थिक वर्षको असार मसान्तसम्म पुर्याई सक्नु पर्नेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

ब्रोकरहरुलाई पूँजी पुर्याउका लागि बैंकहरुले जस्तै हकप्रद तथा बोनस सेयर पनि जारी गर्न सक्ने छन् । यसका साथै, ब्रोकरलाई मर्जमा जान सक्ने व्यवस्थामा पनि धितोपत्र बोर्डले नयाँ निर्देशिका ल्याउँदै गरेको प्रवक्ता घिमिरेले जानकारी दिए । धितोपत्र व्यवसायी नियमावली, २०६४ को २०७९ भदौ २९ गते भएको ५ औं संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने/गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ भन्ने व्यवस्था गरेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सोही व्यवस्थाअनुसार बोर्डले निर्देशिका निर्माणको अन्तिम चरणमा प्र्याएको पनि प्रवक्ता घिमिरेले बताए । यसैबीच पुराना केही ब्रोकरहरुलाई बोर्डले तोकेको पूँजी पुराउन हम्मेहम्मे हुँदै गएको र हकप्रद तथा बोनस तथा मर्जरको विकल्प सोच्दै गरेको एक ब्रोकरले जानकारी दिए । कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) का सञ्चालका भरत रानाभाटले भने आफूलाई धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन कुनै समस्या नभएको प्रतिक्रिया दिए ।  

यी हुन् तोकिएको पूँजी पुर्याउन बाँकी ब्रोकर: 

 

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.