बुधबार, श्रावण २०,२०८३ 12:01:51
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:01:51
Bizshala
Global IME Bank Limited

पुराना ८ ब्रोकरहरुले पुर्याए धितोपत्र बोर्डले तोकेको पूँजी, समय भने नथपिने !

पुराना ८ ब्रोकरहरुले पुर्याए धितोपत्र बोर्डले तोकेको पूँजी, समय भने नथपिने !
New Office

काठमाण्डौ । धितोपत्र दलाल व्यबसायीहरुलाई धितोपत्र बोर्डले तोकेको २० करोडको चूक्तापूँजी ८ वटा ब्रोकरले समयमै पुर्याएका छन् । सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरहरुलाई न्यूनतम २० करोड पूँजी पुर्याउन भनेको थियो । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प समेत माग गरेर समय थप गर्न माग गरेका थिए ।

तथापी बोर्ड स्रोतले दिएको जानकारी अनुसार भने ब्रोकहरुलाई पूँजी पुर्याउन समय थप गर्ने मनसायमा भने बोर्ड छैन । स्रोतले भन्यो, ‘हामीले ३ वर्षको समय दिएको हो । यसमा ढिलो हुनुमा ब्रोकरहरुकै कमजोरी हो । नयाँ ब्रोकरहरु पूँजी पुर्याएर नै आएका छन् । अब पुराना ब्रोकरहरुले पनि समयमा नै पुर्याउनु पर्छ ।’

यसैबीच हालसम्म ८ वटा ब्रोकरहरुले भने सेबोनले तोकेको चूक्ता पूँजी समयमै पुर्याएका छन् । धितोपत्र बोर्डले यही आर्थिक वर्षभित्र पूँजी पुर्याउन ब्रोकरहरुलाई समय सीमा दिएको छ ।  

हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त अब पुराना ३० वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।  

यी हुन् बोर्डले तोकेको पूँजी पुर्याउने ८ ब्रोकरहरुः  

१ अग्रवाल सेक्यूरिटिज प्राइभेट लिमिटेड  

२ जेएफ सेक्यूरिटिज कम्पनी प्राइभेट लिमिटेड  

३ कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज प्राइभेट लिमिटेड

४ लिञ्च स्टक मार्केट लिमिटेड

५ नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज ट्रेडिङ प्राइभेट लिमिटेड  

६ सुन्धारा सेक्यूरिटिज लिमिटेड

७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज  

८ श्रीकृष्ण सेक्यूरिटिज लिमिटेड

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.