आज नेपाल बैंकको देशभरका यी शाखाहरु खुला रहने
काठमाण्डौ । आज जनैपुर्णिमा तथा रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ । आज बिदाको दिन नेपाल बैंकका केही शाखा कार्यालयहरु भने खुला रहने भएका छन् । बैंकले सूचना जारी गर्दै आज राजस्व संकलन, नगद कारोवार, चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट एवं कर्जा असुली कार्य प्रयोजनार्थ यस बैंक केही शाखा खुला रहने जनाएको छ । बैंकका शाखा र एक्सटेन्सन...