शनिबार, श्रावण २,२०८३ 03:59:19
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:59:19
Bizshala
Global IME Bank Limited

सिटि होटलले ८०% हकप्रद जारी गर्ने, साधारण सभा आह्वान

सिटि होटलले ८०% हकप्रद जारी गर्ने, साधारण सभा आह्वान
New Office

काठमाण्डौ । सिटि होटल लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले ८० प्रतिशत अर्थात १ः०.८ अनुपातमा हकप्रद निष्कासनका लागि प्रारम्भिक तयारी गरेको छ ।  

कम्पनीले हकप्रदको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस २६ गते काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले चुक्ता पूँजीको १ बराबरको ०.८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्न प्रवन्धपत्रको दफा संशोधन गर्ने,  प्रवन्धपत्र संशोधनमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने जस्ता विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुृक क्लोज गर्ने निर्णय गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.