काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको ठेगाना परिवर्तन गर्ने, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।