मंगलवार, असार ९,२०८३ 10:55:34
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:55:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अण्डाको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
अण्डाको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?

काठमाण्डौ । अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मूल्य बर्ढासँगै अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।  

संघले शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार ६०० रुपैयाँ र मझौलाको ३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । योसँगै नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न आउँछ। यससँगै खुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

दाउन्ने एग्रोफार्म, हिमचुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री, भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाण्डौको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी ठूलो अण्डा प्रतिपेटी ३ हजार ७५० देखि ३ हजार ७८० रुपैयाँसम्म र मझौलाको ३ हजार ६५० देखि ३ हजार ६८० रुपैयाँसम्म प्रतिपेटी दररेट कायम गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य बढेको हो। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.