अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाउने निर्णय गरेको छ । संघले फार्महरूबाट प्राप्त दररेटलाई एकीकृत गरी आजदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो ।नयाँ मूल्यसूचीअनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ । यस्तै, मिडियम अण्डाको मूल्य ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँ...

