अण्डाको उत्पादन घट्दा मूल्य वृद्धि
काठमाण्डौ । देशभर अण्डाको उत्पादनमा कमी र मागमा वृद्धि भएपछि अण्डाको मूल्य पुनः बढाइएको छ। लेयर्स कुखुरापालक संघले फार्म मूल्य समायोजन गर्दै आजदेखि लागू हुनेगरी नयाँ दर निर्धारण गरेको हो।संघका अनुसार ठूलो अण्डाको फार्म मूल्य प्रति क्रेट रु ४६५ कायम गरिएको छ, जुन यसअघिको रु ४५० भन्दा रु १५ ले बढी हो। त्यस्तै, मझौला अण्डाको मूल्य रु ४१५ निर्धारण गरिएको छ, जुन अघिल्लो रु ४००...

