काठमाण्डौ । अण्डाको मूल्य वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । संघले प्रतिक्रेट २० रुपैयाँले अण्डाको भाउ बढाएको छ ।
जसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेटको मूल्य रु ५८०, ठूलो अण्डा ५६५ र मिडिएमको ५५० कायम गरिएको छ । भारतबाट अवैध रुपमा आयात हुने क्रम रोकिएसँगै नेपाली अण्डाले लागत मूल्य पाएको जनाइएको छ । भारतमा भएको निर्वाचनका कारण सिमा नाकामा गरिएको कडाइ र भारतीय अण्डाको खपतसँगै मूल्य बढेपछि नेपालमा अवैध रूपमा अण्डा भित्रिन पाएको छैन ।
गत मंसिर ७ गते पनि संघले प्रतिक्रेट ५५ रुपैयाँले भाउ वृद्धि गरेको थियो ।

