काठमाण्डौ । नेपाललेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । काभ्रेको धुलिखेलमा भएको भौतिक तथा भर्चुअल बैठकमार्फत अण्डा उत्पादक किसानहरूको छलफलपछि अण्डाको नयाँ समर्थन मूल्य घोषणा गरिएको संघले जनाएको छ। संघको फागुन १० गते भएको कार्यसमितिको निर्णय अनुसार, फागुन ११ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।
एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ, ठुलो अण्डाको ४७५ र मिडियम अण्डाको ४४५ रुपैयाँ निर्धारण गरिएको छ । यसअघि गत फागुन ६ गतेपनि अण्डाको मूल्य बढाइएको थियो । जसपश्चात एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ, ठुलो अण्डाको ४२५ र मिडियम अण्डाको ३७५ रुपैयाँ निर्धारण गरिएको थियो ।
संघका सचिब मदन पोखरेलका अनुसार, चितवनबाट लोड भई देशभरका अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी रु १३० थप लाग्नेछ।

