काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाउने निर्णय गरेको छ। संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
संघले अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाउने जनाएको छ । यससँगै ठूलो अण्डाको प्रतिक्रेटको मूल्य ५२५ रुपैयाँ र मिडियम अण्डाको प्रतिक्रेट ४९५ रुपैयाँ कायम भएको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेटको मूल्य ५१० रुपैयाँ र मिडियम अण्डाको प्रतिक्रेट ४८० रुपैयाँ कायम थियो ।
संघले पछिल्लो समय उत्पादनमा कमी आएको भन्दै अण्डाको मूल्य वृद्धि गरिरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।