काठमाण्डौ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । मंसिर २७ गते भर्चुअल माध्यमबाट भएको संघको बैठकले मंसिर २८ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य ताकेको हो ।
नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ४७० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, ठुलो अण्डा प्रतिक्रेटको मूल्य ४८५ रुपैयाँ तोकिएको छ । यो मूल्य चितवनलाई आधारमानी निर्धारण गरिएको छ ।
चितवनबाट लोड भई देशैभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा,कार्टुन र क्रेटसहित प्रतिक्रेट १४० रुपैयाँ थप लाग्ने संघले जनाएको छ ।