शुक्रबार, आश्विन २,२०८३ 12:08:04
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 12:08:04
Bizshala
Global IME Bank Limited

अण्डाको उत्पादन घट्दा मूल्य वृद्धि

अण्डाको उत्पादन घट्दा मूल्य वृद्धि
New Office

काठमाण्डौ । देशभर अण्डाको उत्पादनमा कमी र मागमा वृद्धि भएपछि अण्डाको मूल्य पुनः बढाइएको छ। लेयर्स कुखुरापालक संघले फार्म मूल्य समायोजन गर्दै आजदेखि लागू हुनेगरी नयाँ दर निर्धारण गरेको हो।

संघका अनुसार ठूलो अण्डाको फार्म मूल्य प्रति क्रेट रु ४६५ कायम गरिएको छ, जुन यसअघिको रु ४५० भन्दा रु १५ ले बढी हो। त्यस्तै, मझौला अण्डाको मूल्य रु ४१५ निर्धारण गरिएको छ, जुन अघिल्लो रु ४०० भन्दा रु १५ ले वृद्धि हो।

Shivam Cement
Bizshala
CG Motors

उत्पादनमा आएको कमीका मुख्य कारणहरूमा कुखुरामा फैलिएको रोग र बढ्दो गर्मीलाई लिइएको छ। उच्च तापक्रमका कारण कुखुरामा पर्ने ‘हीट स्ट्रेस’ ले अण्डा उत्पादनमा प्रत्यक्ष असर परेको किसानहरू बताउँछन्। उता, नयाँ वर्षको पूर्वसन्ध्यादेखि बढेको पर्यटकीय चहलपहल र बजारमा खपत वृद्धि हुँदा अण्डाको माग उल्लेख्य रूपमा बढेको छ। साथै, सीमावर्ती क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आयात घट्दा आन्तरिक बजारमा दबाब बढेको छ।

Muktinath Bikas Bank Limited

यद्यपि मूल्य वृद्धि भए पनि किसानहरू अझै लागत मूल्यभन्दा तल रहेको बताइएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार प्रति अण्डा उत्पादन लागत करिब रु १९.१२ पर्छ, जसअनुसार प्रति क्रेट लागत झन्डै रु ५७४ पुग्छ। हालको बिक्री मूल्य सो लागतभन्दा कम रहेकाले किसानहरू अपेक्षित नाफा लिन सकेका छैनन्।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो, जहाँ ठूलो अण्डा प्रति क्रेट रु ५६५ र मझौला अण्डा रु ५५० मा कारोबार भएको थियो। त्यसयता मूल्य घट्दै आएकोमा हाल पुनः वृद्धि गरिएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.