बुधबार, श्रावण २०,२०८३ 06:35:23
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 06:35:23
Bizshala
Global IME Bank Limited

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?
New Office

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाउने निर्णय गरेको छ । संघले फार्महरूबाट प्राप्त दररेटलाई एकीकृत गरी आजदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ । यस्तै, मिडियम अण्डाको मूल्य ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँ कायम गरिएको सङ्घले जनाएको छ । यससँगै उपभोक्ता मूल्य पनि प्रतिगोटा २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ तोकिएको छ ।

संघका अनुसार ठूला फार्महरूबाट लिइएको दररेटका आधारमा समर्थन मूल्य निर्धारण गरिएको हो । जाडो मौसमका कारण उपत्यका तथा हिमाली भेगमा विद्यालय बन्द हुनु, समग्र गतिविधि कम हुनु, पर्यटकको आगमन घट्नु र कुखुरा बिक्री नगरी अण्डा उत्पादन बढ्नुजस्ता कारणले अण्डाको खपत घट्दै गएकाले मूल्य घट्न पुगेको हो् ।

संघले बजारको अवस्था र माग–आपूर्तिको आधारमा अण्डाको समर्थन मूल्य समय–समयमा समायोजन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.