बुधबार, पुष १७,२०८१ 09:27:47
IME remit
  • बुधबार, पुष १७,२०८१ 09:27:47
IME remit
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकमा १ अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान

Hyundai Nepal
कर्णाली डेभलपमेन्ट बैंकमा १ अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान
Nabil Bank Limited

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैकमा १ अर्ब २६ करोड रुपैयाँबराबर अपचलन भएको तथ्य बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले केही समयअघि समस्याग्रस्त घोषणा गरेको बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान सीईओ र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा उक्त रकम उपचलन भएको तथ्य बाहिरिएको हो ।  

सेवाग्रहीहरुको बचत फिर्ता गर्न नसकिएका कारणहरु अध्ययन गर्न, बैंकको आर्थिक अवस्था विश्लेषण गर्न तथा आर्थिक हिनापमना भएको वा नभएको यथार्थ अवस्था विश्लेषण गर्न गत पुस ५ गते पाँच सदस्यीय विशेष छानविन समिति गठन भएको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

उक्त समिति बैक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठन भएको थियो । उक्त समितिले कर्णाली विकास बैंकको अन्य बैकमा रहेको खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा करिब १ अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान गरेको छ ।  

विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई विगत केही वर्ष देखी अपचलनलाई लुकाइएको यस समितिको अनुमान गरिएको छ । 

प्रतिवेदनमा नेपाल राष्ट्र बैंकमा रहको बैंकको खातामा (सिआरआर) रहेको मौज्दातमा मिति २०८१ पुस ०७ गते सम्मको रु २२ करोड ७४ लाख ६१ हजार २८२.१६ मौज्दात रकम देखिएता पनि खातामा लगभग शुन्य मौज्दात रहेको जनाइएको छ ।  

प्रतिवेदनमा बैंकको करिब १ अर्ब २६ करोड अपचलनमा बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भन्ने बेदप्रकाश ठकुरी तथा हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाह संलग्न किटान गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

अध्यक्ष ओम प्रकाश मिश्राले हालका सीईओ निरज विक्रम शाह लाई अनौपचारिक प्रश्न गर्दा लगभग १०० करोड राजेन्द्र वीर रायते तथा बाँकी रकम अन्य व्यक्तिहरुले अपचलन गरेको भनेको समेत उल्लेख गरिएको छ ।  

अध्यक्ष ओम प्रकाश मिश्रा र सञ्चालक निसार अहमद दर्जी, राजेन्द्र वीर राई र नीरज विक्रम शाहलाई संगै राखेर प्रश्न गर्दा राजेन्द्र विर रायले आफु सीईओ हुँदा सम्मको रकम मात्र अपचलन गरेको स्वीकारेको तथा त्यसपछी अपचलनको जिम्मा आफ्नो नरहेको अभिव्यक्ति दिएका थिए । र यस क्रममा त्यही उपस्थित नीरज विक्रम शाहले यो भनाईको प्रतिवाद नगरेको हुँदा नीरज विक्रम शाहले पहिले दिएको अभिव्यक्ति माथी १०० प्रतिशत एकीन गर्न सकिने अवस्था नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.