काठमाण्डौ । सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको
आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।
स्मार्ट थिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँने कम्पनीले जनाएको छ । यसका
साथै, धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले तपाईँको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँने कम्पनीले उल्लेख गरेको छ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर,यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।