काठमाण्डौ । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।
यो योजनाको रु १० अंकित दरको १२ करोड ५० लाख इकाई (१५ प्रतिशत बिजपूँजीसहित) पुस २२ गते नेप्सेमा सूचीकरण भएको छ । यो योजना मुक्तिनाथ विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष हो । एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत
कबिन्द्र ध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।