बिहीबार, श्रावण २१,२०८३ 01:43:04
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:43:04
Bizshala
Global IME Bank Limited

सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायीबीच सहमति

सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायीबीच सहमति
New Office

काठमाण्डौ । सिमेन्ट उत्पादक र निर्माण व्यवसायी बीच सहमति कायम भएको छ । उक्त सहमति आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा भएको हो ।  

नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरुका बीचमा सिमेन्ट उद्योगहरुले उत्पादन गरी मागबमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने तथा उद्योगहरुमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिँगलाई अन्त्य गरी निर्वाध रुपमा उद्योग संचालन गर्ने वातावरण मिलाउने सम्बन्धमा उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने तथा सिमेन्ट उद्योगीहरु र निर्माण व्यवसायीहरुले एक अर्काका समस्याहरुलाई मनन गरी आआफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा सँगसँगै अगाडी बढ्ने भन्ने लगायतका विषयमा छलफलबाट सहमती कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.