सोमबार, श्रावण ११,२०८३ 05:23:38
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 05:23:38
Bizshala
Global IME Bank Limited

टीभीएस मोटरद्वारा काठमाण्डौमा नेपालका लागि राष्ट्रियस्तरको स्किल फेस्टको आयोजना

टीभीएस मोटरद्वारा काठमाण्डौमा नेपालका लागि राष्ट्रियस्तरको स्किल फेस्टको आयोजना
New Office

काठमाण्डौ । टीभीएस मोटर कम्पनीद्वारा काठमाण्डौमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा,जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्निसियनहरूले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्निसियनहरु नेपालभर बाट छानिएका उत्कृष्ट टेक्निसियनहरु हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्निसियनहरूको क्षमता बृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनीधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन् । यी शीर्ष ३० टेक्निसियनहरू मध्यबाट पनि उत्कृष्ट ५ को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एशियास्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

विश्वव्यापी स्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रुपमा परिचित टीभीएस मोटर्सले यो टेक्नीसियन भेटघाट विभिन्न देशका उत्कृष्ट टेक्निसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ आयोजना गरेको हो । यो कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पु¥याउन लक्षित रहेको छ । प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्नीसियनहरूको चयन गरिएको छ ।  

प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको श्रृंखलाले टेक्निसियनहरुको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलकाे उन्नत प्रविधिहरूको ज्ञान, र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । प्रतियोगिता,सहभागीहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीहरूसँग प्रत्यक्ष रुपमा सिक्ने उल्लेखनीय अवसर पनि हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.