बुधबार, बैशाख २,२०८३ 08:56:24
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 08:56:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानको केन्द्रीय बैंकले बढायो ब्याजदर, सन् २००८ पछिकै उच्च कायम

Bizshala
जापानको केन्द्रीय बैंकले  बढायो ब्याजदर, सन् २००८ पछिकै उच्च कायम
Shivam Cement

काठमाण्डौ । जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले ब्याजदर बढाएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सामान्यीकरण गर्ने उद्देश्यसहित शुक्रबार ब्याजदर २५ बेसिक प्वइन्टले वृद्धि गरेको हो ।  

यससँगै जापानको पोलिसी रेट सन् २००८ पछिकै उच्च कायम भएको छ । यो दर कम्पनीहरुको आम्दानी वृद्धि भएको प्रतिवेदन आएपछि मात्रै परिवर्तन हुने केन्द्रीय बैंकका बोर्ड सदस्य तोयोकी नाकामुराले बताएका छन् । 

ब्याजदर वृद्धिको निर्णय उपभोक्ता मूल्य सूचकांक डेटाले डिसेम्बरमा जापानी मुद्रास्फीति थप बढेको र बैंक अफ जापानको २ प्रतिशत वार्षिक लक्ष्य भन्दा माथि रहेको देखाएको केही समयपश्चात आएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएसँगै यसको प्रभाव त्यहाँको मुद्रामा परेको छ । जापानी येन डलरको तुलनामा ०.३ प्रतिशतले बलियो बन्दै प्रतिडलर १५५.६१ कायम भएको छ ।  

यस्तै बैंक अफ जापानले सन् आर्थिक वर्ष २०२४/२५ का लागि मुद्रास्फिती दर बढाउँदै कुद ग्राहस्थ उत्पादनको प्रक्षेपण घटाएको छ । बैंकले आगामी महिनामा बैंकको प्रक्षेपणहरु मेल खादै गयो भने ब्याजदर थप बढाउने समेत संकेत गरेको छ ।  

यस्तै जापानको सेयर बजार(निक्की२२५) समेत ०.३३ प्रतिशतले बढेको छ । १० वर्षे सरकारी बोण्डको रेट समेत १.७ बेसिक प्वइन्टले बढेर १.२२२ प्रतिशत कायम भएको छ ।  

गत जुलाईमा जापानी येन सन् १९८६ पछिकै कमजोर बनेको थियो । त्यसेबला एक डलरको तुलनामा १६१.९६ येन कायम भएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.