बिहीबार, माघ १७,२०८१ 10:50:17
IME remit
  • बिहीबार, माघ १७,२०८१ 10:50:17
IME remit
Global IME Bank Limited

“सबैभन्दा चकित पार्ने प्रगति” नाम पाएको डिपसिकले कसरी हल्लायो विश्वको आइटी जगत ?

Hyundai Nepal
“सबैभन्दा चकित पार्ने प्रगति” नाम पाएको डिपसिकले कसरी हल्लायो विश्वको आइटी जगत ?
Nabil Bank Limited

न्यूयोर्क । चीनको एउटा आश्चर्यजनक रूपमा प्रभावकारी र शक्तिशाली एआई मोडलले प्रविधि उद्योगलाई हल्लाइदिएको छ । यसको नाम हो डीपसिक आर-१। यसले वाल स्ट्रीटमा हल्ला मच्चाएको छ।

यो नयाँ एआई मोडल डीपसिक नामक स्टार्टअपद्वारा विकास गरिएको हो, जुन केवल एक वर्षअघि स्थापना भएको थियो। यो कम्पनीले कुनै चमत्कारै गरेजस्तो सफलता प्राप्त गरेको छ, जसलाई प्रख्यात प्राविधिक लगानीकर्ता मार्क एन्ड्रीसनले 'एआईको स्पुतनिक क्षण' भनेका छन्।  

आर-१ मोडलले प्रसिद्ध प्रतिस्पर्धीहरू जस्तै ओपनएआईको जीपीटी ४, मेटाको लाम्बा, र गुगलको जेमिनीसँग लगभग बराबरको क्षमता प्रदर्शन गर्न सक्षम भएको छ, तर लागत भने धेरै कम छ।

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीले आफ्नो आधारभूत एआई मोडलमा केवल ५.६ मिलियन अमेरिकी डलर खर्च गरेको दाबी गरेको छ, जबकि अमेरिकी कम्पनीहरूले आफ्ना एआई प्रविधिमा सयौं मिलियन वा अरबौं डलर खर्च गर्छन्।  

झनै आश्चर्यजनक कुरा त के भने, संयुक्त राज्यले राष्ट्रिय सुरक्षा चिन्ताका कारण चीनलाई उच्च क्षमता भएको एआई चिप्सको आपूर्ति रोक्न धेरै वर्षदेखि प्रयास गर्दै आएको छ। त्यसका बाबजुद डीपसिकले तुलनात्मक रूपमा कम शक्ति भएको एआई चिप्समा यस्तो कम लागतमा मोडल विकास गरेको दाबी गरेको छ।

डीपसिक भनेको के हो ?

यो कम्पनी २०२३ को अन्त्यतिर चिनियाँ हेज फन्ड व्यवस्थापक लियाङ वेन्फेङले स्थापना गरेका हुन्। कम्पनीले केही वर्षयता ठूलो लगानीका लागि एआई प्रविधिको विशाल लहरमा सवार हुँदै आएका थुप्रै स्टार्टअपहरूमध्ये एक हो।

लियाङलाई चीनको साम अल्टम्यान भन्न सकिन्छ-जो एआई प्रविधि र नयाँ अनुसन्धानमा लगानीका लागि प्रचारक हुन्। उनको हेज फन्ड हाई फ्लायर एआई विकासमा केन्द्रित छ।

अन्य एआई स्टार्टअपहरू जस्तै एन्थ्रोपिक र पर्प्लेक्सिटीले प्रतिस्पर्धात्मक एआई मोडलहरू सार्वजनिक गरेजस्तै डीपसिकले पनि गत वर्ष विभिन्न एआई मोडलहरू सार्वजनिक गरेको थियो। तीमध्ये भी थ्री मोडलले केही उद्योगको ध्यान खिचेको थियो। तर, यसले चिनियाँ सरकार र नेतृत्वसँग सम्बन्धित संवेदनशील विषयवस्तुहरूको सामग्री प्रतिबन्ध लगाउँदा यसको उद्योग प्रतिस्पर्धीको रूपमा टिक्नसक्ने क्षमतालाई लिएर शंका उठेको थियो।

तर, आर१, जसको बारेमा पहिले कहिल्यै चर्चा भएको थिएन, गत वर्षको अन्त्यमा सार्वजनिक भयो। यो मोडल गत हप्ता सुरु भयो र यसको चकित पार्नेगरी कम सञ्चालन लागतको तथ्य बाहिर आएपछि यसले यसै साता उल्लेखनीय ध्यान खिचेको छ।

Muktinath Bikas Bank Limited

आर-१ मोडल ओपन सोर्स रहेको छ, जसको अर्थ अन्य कम्पनीहरूले यसलाई परीक्षण गर्न र सुधार गर्न प्रयोग गर्न सक्छन्।

डीपसिकको एप स्टोर चार्टमा अग्रस्थानमा छ, यसले सोमबार च्याटजीपीटीलाई पनि पार गरेको छ, र लगभग २० लाख पटक डाउनलोड भइसकेको छ।

डीपसिक किन महत्वपूर्ण छ ?

एआई एक शक्ति खपत गर्ने र लागत गहन प्रविधि हो। यसमा अमेरिका लगायतका शक्तिशाली टेक कम्पनीहरूले अर्बौं डलर लगानी गर्दै आएका छन्।

मेटाले गत हप्ता घोषणा गरेको थियो कि यसले यस वर्ष एआई विकासमा ६५ अर्ब डलर खर्च गर्नेछ। ओपनएआईका सीईओ साम अल्टम्यानले गत वर्ष भनेका थिए कि उच्च क्षमता भएको चिप्स र एआई मोडलका लागि आवश्यक डाटासेन्टर्स चलाउन खरबौं डलर लगानी गर्नुपर्नेछ।

त्यसैले अमेरिकी शक्तिशाली एआई मोडलहरूसँग मिल्दोजुल्दो क्षमताहरू तुलनात्मक रूपमा कम लागतमा हासिल गर्न सकिने तथ्यले एआई उद्योगमा नयाँ परिवर्तन ल्याएको छ।

मार्क एन्ड्रीसन, जो ट्रम्प समर्थक र सिलिकन भ्यालीका प्रसिद्ध लगानीकर्ता हुन्, उनले डीपसिकलाई “सबैभन्दा चकित पार्ने प्रगति” भनेका छन्।

यसले अमेरिकालाई के सन्देश दिन्छ ?

अमेरिकाले सोचेको थियो कि एआई चिप्समा प्रतिबन्ध लगाएर यसले प्रमुख प्रविधिमा प्रभुत्व कायम गर्न सक्छ। तर, डीपसिकले त्यो अवधारणामा प्रश्न उठाएको छ।

वाल स्ट्रीटमा यसको असर देखिएको छ। एनभिडिया, जसले एआई चिप्स आपूर्ति गर्छ, यसको सेयर मूल्य १२ प्रतिशतले घटेको छ। मेटा र अल्फाबेट जस्ता कम्पनीहरूको सेयर मूल्यमा पनि गिरावट आएको छ।

यद्यपि, अमेरिकी एआई नेतृत्व र प्रविधिको इनोभेसनलाई पूर्णरूपमा उछिन्न समय लाग्नेछ।

सिएनएनमा प्रकाशित रिपोर्टको भावानुवाद

Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.