बिहीबार, आश्विन ८,२०८३ 06:46:43
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 06:46:43
Bizshala
Global IME Bank Limited

कृषि विकास बैंकद्वारा विभिन्न पदका लागि ११२ जना कर्मचारी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Bizshala
कृषि विकास बैंकद्वारा विभिन्न पदका लागि ११२ जना कर्मचारी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
New Office

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले शाखा प्रमुखदेखि लिएर लेखापालसम्मका लागि कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रमुखका लागि २ जना,वरिष्ठ लेखा अधिकृत २ जना,व्यवसाय अधिकृत ३२ जना,कम्प्युटर अधिकृत २ जना,इन्जिनियर(आईटी)१ जना,कर्जा अधिकृत ६ जना,व्यवसाय सहायक १६ जना,कानून सहायक १ जना,कर्जा सहायक ३ जना,ओभरसियर १ जना र लेखापाल ४६ जना गरी कुल ११२ जना कर्मचारी माग गरेको छ ।  

यी पदहरुमा फागुन ११ गतेदेखि बैंकको अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ । आवेदकले अनलाइनमार्फ दरखास्त फाराम भरी आवेदन गरेपछि परीक्षा दस्तुरवापतको रकम एडीबीएल बैंकिङ मोबाइल,कनेक्ट आईपीएस,ई–सेवा वा खल्ती डिजिटल वालेटमार्फत अनलाइन भुक्तानी गर्न सकिनेछ ।  

दरखास्त फाराम भर्ने अन्तिम मिति आगामी चैत १ गते रहेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.