काठमाण्डौ । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा सहभागी भएर फर्किदै गरेका ५ नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
बिहार राज्यको मुजफ्फपुरमा भएको सवारी दुर्घटनामा ५ नेपालीको मृत्यु भएको हो । मृतक सबैजना प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्किदै गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
दुर्घटनामा अर्चना ठाकुर, कन्तारनी देवी, बालकृष्ण झा र इन्दु देवीको मृत्यु भएको छ । अर्का चालक नेपाली नै भएपनि नाम खुलेको छैन । दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका बताइएको छ ।
मृतक र घाइतेहरु महोत्तरीको हर्दिया र धनुषाको जनकपुर क्षेत्रका स्थायीबासी हुन् ।
बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी तीव्र गतिका कारण दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय श्रीकृष्ण मेडिकल हलमा उपचार भइरहेको बताइएको छ ।