शुक्रबार, श्रावण २२,२०८३ 11:00:04
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 11:00:04
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तको नाफा २८०% ले वृद्धि, वितरणयोग्य मुनाफा भने ९३.५८% ले घट्यो

एनआईसी एशिया लघुवित्तको नाफा २८०% ले वृद्धि, वितरणयोग्य मुनाफा भने ९३.५८% ले घट्यो
New Office

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८०.८३ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी १६.१८ प्रतिशतले घट्दै ३३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाले ३९ करोड ९३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ५६ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ५७ लाख रुपैयाँ ऋणात्मक पुगेको छ ।  

यस्तै संस्थाको खुद सञ्चालन आम्दानी ४३ करोड ६३ लाख र सञ्चालन मुनाफा ५९ लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा ६ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १ करोड ६९ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार भने ७६ करोड १८ लाख रुपैयाँबाट बढेर ८० करोड ८४ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाले समीक्षा अवधिसम्ममा ग्राहकहरुबाट १ अर्ब ८० करोड रुपैयाँबराबरको निक्षेप संलकन र १६ अर्ब ३ करोड रुपैयाँबराबरको कर्जा परिचालन गरेको छ ।  संस्थाको वितरणयोग्य मुनाफा ९३.५८ प्रतिशतले घटेको छ । यससँगै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको छ ।  

वितरणयोग्य वार्षिक प्रतिसेयर आम्दानी पनि १५.१५ रुपैयाँबाट घटेर ०.९७ रुपैयाँमा सीमित बनेको छ ।  

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात १३.३७ प्रतिशत कायम छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)०.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १८७.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १ हजार ३७३.३० गुणा र तरलता अनुपात २९.१६ प्रतिशत कायम छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.