बिहीबार, आश्विन २९,२०८३ 02:36:16
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:36:16
Bizshala
Global IME Bank Limited

नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो बन्दै, धितोपत्र बोर्डमा भागाभाग, हमाललाई दीपक भट्टले नै फसाउँदै !

Bizshala
नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो बन्दै, धितोपत्र बोर्डमा भागाभाग, हमाललाई दीपक भट्टले नै फसाउँदै !
New Office

काठमाण्डौ । । लामो समयदेखि चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो र रोमाञ्चक बन्दै गएको छ । अख्तियारदेखि अदालत सम्म पुगेको यो विषय पछिल्लोपटक धितोपत्र बोर्डका अधिकारीहरुलाई भने निल्नु न ओकल्नुृ भएको हो । खासगरि पछिल्लोपटक धितोपत्र बोर्डका केही कर्मचारीहरुलाई अख्तियारले बोलाएपछि यो विषयका कारण बोर्डमा भागाभाग चलेको छ ।  

अर्थ मन्त्रालयबाट पत्र गएता पनि धितोपत्र बोर्डका अधिकारीहरुले नयाँ स्टक एक्सचेञ्जको विषयमा टिप्पणीसम्म पनि उठाउन मानेका छैनन् । बोर्डस्थित एक उच्च स्रोतले दिएको जानकारी अनुसार कृष्ण पोखरेलले यहि विषयले गर्दा राजीनामा दिएर हिँडिसके । अब अरु पनि हिँड्दै छन् । स्रोतले भन्यो, ‘राजनीतिक उच्च तहमा डिल हुन्छ । त्यही लेनदेन हुन्छ । त्यहाँ कुनै हस्ताक्षर हुँदैन । लेनदेनको कुनै प्रमाण पनि हुँदैन । भोली अख्तियार र अदालत हामी धाउनु पर्ने ?’ ती अधिकारीले भने ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यसैगरि, नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो हुनुमा अर्को कारण भनेको व्यापारीक घरानियाबीचको लडाई पनि हो । हिमालयन स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनेगरि हालको प्रक्रिया अगाडी बढेपछि अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज समूहपनि असन्तुष्ट रहेको छ । स्रोतले दिएको जानकारी अनुसार नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया अगाडी बढाएका निवर्तमान अध्यक्ष रमेश कुमार हमाल र दीपक भट्टबीच सम्बन्ध पनि चिसिदै गएको छ । खासगरि, हमाल अध्यक्ष हुँदा सिधै डिल गर्न थालेपछि भट्ट हमाल विरुद्ध चिढिँएका छन् ।  यही कारणले नै हमाल विरुद्ध भट्टले नै अख्तियारमा उजुरी हालेको पनि स्रोतले दाबी गर्यो ।

नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूह दौडमा रहेका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज रहेका छन् ।  

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमायल रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । यो समूहमा दीपक भट्टले बीचौलियाको काम गरेका छन् । दीपक भट्ट लगानी बोर्डका अध्यक्ष शुशिल भट्टका सहोदर भाई हुन् । हिमालयन स्टक एक्सचेञ्जमा शुलभ अग्रवाल, भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, नेशनल स्टक एक्सचेञ्जमा अग्नी ग्रुप र सिद्धार्थ ग्रुप रहेका छन् । यसमा एनआरएनए समूह पनि संलग्न छ । जसमा जीवा लामिछाने, बद्री केसी र कुल आचार्य पनि छन् । यो समूहले पनि नयाँ स्टक एक्सचेञ्जका लागि तीव्र लविङ गरेको थियो ।  

अर्को, अन्नपूर्ण स्टक एक्सचेञ्जमा अन्नपूर्ण मिडिया हाउस रहेको छ । यसमा रामेश्वर थापालगायतका सुरेन्द्र वाग्ले, प्रकाश कुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ रहेका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.