काठमाण्डौ । क्रिप्टोकरेन्सी कम्पनी ‘बाईबिट’ले १.५ बिलियन डलरबराबरको डिजिटल मुद्रा चोरी भएको जनाएको छ । कम्पनीले क्रिप्टो चोरीको इतिहासमा यो हालसम्मकै उच्च भएको जनाएको छ ।
दुबईमा आधारित कम्पनीका संस्थापकले प्रयोगकर्ताहरुलाई उनीहरुको फण्ड सुरक्षित रहेको चोरीबाट प्रभावितहरुलाई फिर्ता गरिने समेत बताए ।
ह्याकरले इथेरियम क्वाइन डिजिटल बालेटबाट उक्त मुद्रा चोरी गरेको जनाइएको छ । इथेरियम बिटक्वाइनपश्चात सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी हो । बाईबिटका संस्थापक बेन झोउले चोरी भएको करेन्सी रिकभर गरिने वा साझेदारहरुबाट ऋण लिएर भएपनि तिरिने बताए । बाईबिटले इथेरियमको २० बिलियन डलरबराबरको सम्पत्ति होल्ड गरेको छ ।
ह्याकरहरुले सेक्युरिटी फचर्ससँग छेडखानी गरेर पैसा अपरिचित ठेगानामा पठाएको कम्पनीले जनाएको छ ।
यो घटनापश्चात इथेरियमको मूल्य ४ प्रतिशतले घटेको छ ।