सोमबार, फाल्गुन २६,२०८१ 02:25:50
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 02:25:50
IME remit
Global IME Bank Limited

सेयर बजारको माहौल फेरिदै, लगानीकर्ता भन्छन्,‘भारतको बजार घट्दा नेपालको बढ्यो’

Hyundai Nepal
सेयर बजारको माहौल फेरिदै, लगानीकर्ता भन्छन्,‘भारतको बजार घट्दा नेपालको बढ्यो’
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जीरोलाई विभिन्न ब्रोकर हाउसहरुमा पुगेर सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले पुतलीसडक आसपासका केही ब्रोकरहाउसहरुमा पुगेर बजारको विषयमा लगानीकर्ता तथा ब्रोकर सञ्चालकरुको बिचार बुझ्ने प्रयास गरेका छौं । राजधानीमा अघिल्लो दिन हिँउदे वर्षा भएको कारण होला आज बाहिरी सडक निकै तातेका थियो ।

त्यसैगरि, ब्रोकरहाउस भित्रको माहौल पनि लामो समयपछि निकै तातेको देखिन्थ्यो । ब्रोकर हाउसहरुमा फेरि एकपटक गत भदौ जस्तै भिड देखिन्थ्यो । ब्रोकर हाउसका पार्किङ स्थलहरु भरिभराउ देखिन्थे भने ब्रोकरहाउसहरु पनि खचाखच देखिन्थे । लगानीकर्ताहरु ठाउँ नपाएर उभिएरै कारोबार हेर्दै थिए ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

यसै सिलसिलामा आज हामीले सबै भन्दा पहिले प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२)मा पुग्यो । यो ब्रोकरमा लगानीकर्ताहरुको खचाखच उपस्थिति देखिन्थ्यो । ब्रोकर हाउसमा फोनका घण्टी निरन्तर बजेको सुनिन्थ्यो । लगानीकर्ताहरु बिहान ११ बज्दा नबज्दै ब्रोकर हाउसहरुमा उपस्थित भएका देखिन्थे । यतिकैमा एक लगानीकर्ताले भने, ‘लौ ! मैले अघिल्लो साता पाल्दा–पाल्दा हैरान भएर बेचेको सेयर त आज बिहानै अपर सर्किट लागेर बढेछ ।  किनेको सेयर घट्यो, बेचेको बढ्यो । यो बजारलाई बुझ्न साह्रै गाह्रो रहेछ । आज कारोबारको पहिलो प्रहरमा नै ४ अर्बको कारोबार भएको थियो । बजार पनि निरन्तर बढ्दै थियो ।  

केही समयको बसाईपछि हामी नजिकै रहेको सेक्योर्ड सेक्यूरिटिज (स्टक ब्रोकर ३६)मा पुग्यौै । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति उल्लेख्य थियो । केही लगानीकर्ताहरु आफ्नै कम्प्यूटरमा कारोबार गर्न मस्त थिए । केही लगानीकर्ताहरु मोबाइलमा बजार हेर्नमा नै व्यस्त देखिन्थे । यतिकैमा एक लगानीकर्ताले सहास उर्जाको सेयरको चर्चा गरे । ‘यो कम्पनीमा खेलाडी लाग्दै छन् भन्ने सुनिन्छ तर बढ्ने छाँटकाट नै छैन,’ एक लगानीकर्ताले मुख खोले । उनीसँगै बसेका लगानीकर्ताले भने, ‘पर्खनुहोस्, हाईड्रो चले पछि चल्ने हो ।’  

यतिकैमा एक लगानीकर्ताले पछाडीबाट प्रश्न गरे, ‘साथिहरु तपाईहरु कुन स्टकमा ट्रेड गर्दै हो ?’ उनीसँगै बसेका एक लगानीकर्ताले जबाफ दिए, ‘ट्रेड त हाईड्रो कम्पनी र फाइनान्स कम्पनीमा नै हो नि !’  

Sagarmatha Cement

यसै ब्रोकर भेटिएका एक लगानीकर्ताले आफूले हिमालयन रि– इन्स्योरेन्स कम्पनीमा नाफा बुक गरेको तर फेरि कहिले किन्ने हो ? भनेर प्रश्न गरे । उनीसँगै बसेका लगानीकर्ताले भने, ‘पर्खनुहोस्, आज उच्च कारोबार भएको छ,’ उनले थप्दै भने, ‘हाई क्याप चलेका छन्, अब नेपाल लाइफ इन्स्योरेन्समा नजर लगाउन पर्ला जस्तो छ ।’ ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए ।  

यतिकैमा कालो टोपी लगाएका एकजना लगानीकर्ता, ‘नमस्कार है ! साथिहरु भन्दै ब्रोकर हाउस छिरे । उनले डिस्प्लेतिर नजर डुलाउँदै भने, ‘लौ साथिहरु ! मेरो त साँवा आयो जस्तो छ । बजारमा माहौल फेरिए जस्तो देखिन्छ । ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । बजारमा पनि आफ्नै गतिमा चल्दै थियो ।’  

यहाँबाट हामी पुतलीसडकमा नै रहेको प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति ठीकै थियो । बजार निरन्तर उकालो लागेको थियो । यत्तिकैमा एक लगानीकर्ताले भने, ‘लौ ! आज एचआरएल र सीएचडीसी सल्टाइयो ।’ उनीसँगै बसेका लगानीकर्ताले भने, ‘मैले भने खरिद गरेको छु जे पर्ला पर्ला । एनआरआइसी बढेको छ यो कसो नबढ्ला ?!  

यसबेलासम्म दिनको २ बज्दै थियो । बजार निरन्तर उकालो लागेको थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले केही समयदेखि नेपालको बढेको बजार प्रति इगित गर्दै भने, ‘भारतको बजारमा गिरावट आएको छ । केही लगानीकर्ताले नेपाल र भारतका दुवै बजारमा लगानी गर्ने गर्छन् । यस्ता लगानीकर्ता उता नाफा बुक गरेर यता आए जस्ता छन् ।’ उनीसँगै बसेका एक लगानीकर्ताले पनि यस्तै हुनसक्ने आँकलन गरे । उनले थप्दै भने, ‘नेपालको बजार उल्टो हुन्छ साथिहरु, भारतको  बढ्दा यता घट्छ । भारको घट्दा यता बढ्छ । कारण यो पनि हुन सक्छ । ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए ।

यहाँबाट हामी अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु कारोबारमा मस्त देखिन्थे । यत्तिकैमा एक लगानीकर्ताले सोधे, ‘बजार त घट्ला जस्तो छैन साथिहरु, के किन्ने हो ? उनलाई जवाफ दिँदै एक लगानीकर्ताले भने, ‘सस्तो र सुरक्षित भनेको बैंक नै हो साथि । नबढेका बैंक किन्नुहोस् ।’

यसबेलासम्म दिनको साढे २ बज्दै थियो । बजार तीव्र गतिमा उकालो लाग्दै थियो । आजको लागि हामीले हाम्रो स्तम्भलाई यही अन्त्य गर्ने निधो गर्यौं ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.