मंगलवार, असार १६,२०८३ 11:08:07
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:08:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीन समूहको भिडन्तले ‘नयाँ स्टक एक्सचेञ्ज अलपत्र’, धितोपत्र बोर्डका अन्य मुद्दा वषौंदेखि ओझेलमा

Laxmi Sunrise Bank Limited
तीन समूहको भिडन्तले ‘नयाँ स्टक एक्सचेञ्ज अलपत्र’, धितोपत्र बोर्डका अन्य मुद्दा वषौंदेखि ओझेलमा

काठमाण्डौ । लामो समयदेखि चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्जको विषय थप पेचिलो र रोमाञ्चक बन्दै गएको छ । अख्तियारदेखि अदालतसम्म पुगेको यो विषयमा पछिल्लोपटक धितोपत्र बोर्डले कुनै पनि निर्णय गर्न सकेको छैन  । खासगरि, पछिल्लोपटक धितोपत्र बोर्डका केही कर्मचारीहरुलाई अख्तियारले बोलाएपछि यो विषयका कारण बोर्डमा केही समय पहिले भागाभाग चलेको थियो ।  

यसै विषयलाई लिएर एक अधिकारीले राजीनामा दिएर हिडेको स्रोतको दाबी रहेको छ । यसरी यो मुद्दा अख्तिारदेखि अदालसम्म जानुको मुख्य कारण भने तीन समूहबीचको भिडन्त रहेको खुलासा भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूह दौडमा रहेका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज रहेका छन् । यी तीन वटै समूहले आफूले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउनुपर्ने दाबी गरेको र शक्ति केन्द्र धाएको कारण नयाँ स्टक एक्सचेञ्जको विषयमा धितोपत्र बोर्डले केही निर्णय गर्न नसकेको त्यहाँस्थित एक स्रोतले जानकारी दियो । स्रोतका अनुसार शक्ति समूहकै भिडन्त र शक्ति केन्द्र धाउने , मुद्दा मामिलामा उत्रने जस्ता कारण हाल धितोपत्र बोर्डका अध्यक्षले यस विषयमा कुनै पनि निर्णय गर्न सकेका छैनन् । खासगरि, नयाँ स्टक एक्सचेज हिमालयन स्टक एक्सचेञ्जले आफूले मात्रै पाउनुपर्ने अडान लिएको तर अन्य बाँकी दुई समूहले पनि दाबी गरेर शक्ति केन्द्र र मुद्दा मामिलामा उत्रदा यो विषय अलपत्र परेको स्रोतले दाबी गर्यो ।  

स्रोतले भन्यो, ‘नयाँ स्टक एक्सचेजको विषय उठेको लामो समय भईसक्यो । तर न नयाँ स्टक एक्सचेञ्ज आउन सक्छ । न त यस विषयमा बोर्डले कुनै टुँगो नै लगाउन सकेको छ । यहि कारण धितोपत्र बोर्डका अन्य बिषय समेत ओझेलमा परेका छन् ।’ स्रोतले थप्दै भन्यो, ‘यो विषय बाहेक बोर्डले कमोडिटिज तथा डेरेभेटिभ बजार ब्यबस्थापन , प्राइभेट् इक्विटी भेञ्चर क्यापिटल , मार्जिन ट्रेडिङको कार्यबिधि जस्ता थूप्रै बिषय हाल धितोपत्र बोर्डमा अल्झेल परेका छन् । यी भन्दा अझै महत्वपूर्ण बिषय धितो पत्रबोर्डको ५० करोड भन्दा बढी पैसा आफ्‌नै  भवन निमाणको लागि जग्गा खरिदको गर्न दिएका पैसा फसेको छ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल धितोपत्र बोर्ड वार्षिक एक करोड भाडा तिरेर बसेको छ । पाँच वर्ष भाडा तिर्ने पैसाले नयाँ भवन नै बन्छ ।  तर यी सबै विषय नयाँ स्टक एक्सचेञ्जकै कारण वर्षौदेखि ओझेलमा परेको बोर्डस्थित स्रोतले दाबी गर्यो  ।  

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमायल रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । यो समूहमा दीपक भट्टले बीचौलियाको काम गरेका छन् । दीपक भट्ट लगानी बोर्डका अध्यक्ष शुशिल भट्टका सहोदर भाई हुन् । हिमालयन स्टक एक्सचेञ्जमा शुलभ अग्रवाल, भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।  

त्यसैगरी, नेशनल स्टक एक्सचेञ्जमा अग्नी ग्रुप र सिद्धार्थ ग्रुप रहेका छन् । यसमा एनआरएनए समूह पनि संलग्न छ । जसमा जीवा लामिछाने, बद्री केसी र कुल आचार्य पनि छन् । यो समूहले पनि नयाँ स्टक एक्सचेञ्जका लागि तीव्र लविङ गरेको थियो ।  

अर्को, अन्नपूर्ण स्टक एक्सचेञ्जमा अन्नपूर्ण मिडिया हाउस रहेको छ । यसमा रामेश्वर थापालगायतका सुरेन्द्र वाग्ले, प्रकाश कुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ रहेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.