बुधबार, माघ २१,२०८२ 11:12:57
Bizshala
  • बुधबार, माघ २१,२०८२ 11:12:57
Bizshala
Global IME Bank Limited
Bizshala

कुमारी सहकारीको रकम हिनामिना गर्ने ५ जनालाई कारागार चलान

कुमारी सहकारीको रकम हिनामिना गर्ने ५ जनालाई कारागार चलान
Shivam Cement

काठमाण्डौ । म्याग्दी बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा हिजो भएको थुनछेक बहसपछि जिसस प्रमुख समेत रहेका कुमारी सहकारीका पूर्वसञ्चालक थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रूद्र गुरूङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन लोकेशलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

Bizshala
Garima Development Bank
New Office

यसैगरी प्रहरी हिरासतमा रहेर बिरामी भएका अस्पतालमा अपचाररत उक्त सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजालाई निको भएपछि अदालतमा हाजिर गराउन आदेश भएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

फरार १९ जनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश भएको छ । सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.