काठमाण्डौ । एयरटेलपछि रिलायन्स जियोले पनि अमेरिकी अर्बपति व्यापारी एलोन मस्कसँग स्टारलिंक उच्च गतिको इन्टरनेटका लागि सम्झौता गरेको छ ।
स्टारलिंक एक स्याटेलाइट ब्रॉडब्यान्ड इन्टरनेट सेवा प्रदायक हो । जसले स्याटेलाइट कभरेजभित्र कहि पनि इन्टरनेट पहुँच प्रदान गर्न सक्छ। यो विशेषताका कारण स्टारलिंक दुर्गम वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि राम्रो विकल्प बनेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार, जियो प्लेटफर्म्स लिमिटेडले एक प्रेस विज्ञप्ति मार्फत जियो र स्टारलिङ्कले सम्पूर्ण भारतलाई उच्च गतिको इन्टरनेटमा जोड्न सँगै विस्तार गर्दैछ र यो सम्झौता भारतमा इन्टरनेट जडानको विकासमा कोसेढुङ्गा हुने जनाइएको छ ।
स्टारलिंकले भारतीय उपभोक्ताहरूलाई स्टारलिंक ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन एपेसएक्ससँग सम्झौता गरेको उल्लेख गरेको छ । जियोले आफ्ना रिटेल आउटलेटहरू र अनलाइन मार्फत स्टारलिंकको सेवा उपलब्ध गराउनेछ।
गत वर्ष भारतको स्याटेलाइट ब्रॉडब्यान्ड बजारको लागि विश्वका दुई धनी व्यक्तिहरू, स्पेसएक्सका मालिक एलन मस्क र जियोका मालिक मुकेश अम्बानीबीच भारतको सेटेलाइट ब्रोडब्याड मार्केटका लागि कडा टक्कर परेको थियो ।
गत अक्टोबरमा, भारत सरकारले ब्रोडब्यान्डका लागि स्याटेलाइट स्पेक्ट्रमको आवंटन लिलामीको सट्टा प्रशासनिक रूपमा गर्ने घोषणा गरेको थियो। मस्कले विगतमा पनि लिलामी मोडलको आलोचना गर्दै आएका छन्, जबकि अम्बानी यसको समर्थक हुन्।