बिहीबार, बैशाख ३१,२०८३ 09:22:53
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:22:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तुल्सी गौतम र मनोज न्यौपानेसहितका बैंकरलाई ७ दिन थप थुनामा राख्न अदालतको अनुमति

प्रारम्भिक अनुसन्धानमा मिलेमतो गरी ९७.४१ करोड हिनामिना भएको देखियो

Laxmi Sunrise Bank Limited
तुल्सी गौतम र मनोज न्यौपानेसहितका बैंकरलाई ७ दिन थप थुनामा राख्न अदालतको अनुमति
Shivam Cement

काठमाण्डौ । देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड(सातदोबाटो, ललितपुर)लाई धितोको मूल्याङ्कन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंकका २ उच्चपदस्थ अधिकारीसहित १० जनालाई थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।  

उच्च अदालत पाटनबाट फागुन १५ गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीइओ मनोज न्यौपाने, पूर्व सीइओ तुल्सीराम गौतमसहित ११ जनालाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश भएको हो । 

Bizshala
New Office
CG Motors

सीआइबीको टोलीले न्यौपाने र गौतमसहित राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, सुनिल बस्नेतलाई पक्राउ गरिएको थियो । अबै सबैलाई थप ७ दिनमा थुनामा राखी बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको सीआइबीको प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।  

उनका अनुसार देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडसँग आवद्ध रहेका संचालक समितिका पदाधिकारीहरू तथा निजहरुसँग सम्बन्धित कम्पनीहरुको विवरण र उक्त कम्पनीहरूले लिएको कर्जाको विषयमा अध्ययन अनुसन्धान गर्दा तत्कालिन सेन्चुरी कमर्शियल बैंकबाट कर्जा लिने रबिन्द्र चौलागाई (हाल पुर्पक्षको लागि थुनामा रहेको)  र निज समेत आवद्ध कम्पनीहरु पुजा ट्रेडिङ्ग एण्ड मार्केटिङ्ग कम्पनी प्रा.लि., थ्री ब्रदर्स मार्केटिङ्ग प्रा.लि., पुजा मार्केटिङ्ग प्रा.लि. र अन्नपूर्ण डिष्टिलरी प्रा.लि. समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत राखिने धितोको मूल्याङ्कन रु। १,१४,२३,८४,२५८.३० (एक अर्ब चौध करोड तेइस लाख चौरासी हजार दुइ सय अनठाउन्न  रुपैयाँ तिस पैसा मात्र) धितो बापत कर्जा प्रवाह भएको रकम रु. २,११,६५,५५,७३१।– ९दुई अर्ब एघार करोड पैसठ्ठी लाख पचपन्न हजार सात सय एकतीस रुपैयाँ मात्र० धितोको मूल्यांकन भन्दा अधिक कर्जा प्रवाह भएको रकम रु. ९७,४१,७०,७७२.७ (अक्षेरुपी सन्तानब्बे करोड एकचालीस लाख सतरी हजार सात सय बहतर रुपैयाँ सतरी पैसा मात्र) प्रवाह गर्ने कार्यमा बैंकका सीइओ र उच्चपदस्थ कर्मचारीको संलग्नता देखिएको छ । यसरी हेर्दा बैंकका कर्मचारीहरुसँग समेत मिलेमतो गरी ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ हिनामिना भएको देखिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.